जनयुद्धका पहिलो घाईते ‘अपार’ चुनाबी मैदानमा



दिपक बोहरा, तुलसीपुर २६ कात्तिक ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को ‘१’ का प्रदेश सभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका नेता जग प्रशाद शर्मा ‘अपार’ जनयुद्धका पहिलो घाईते हुन् । तत्कालिन नेकपा माओवादीले २०५२ साल देखी शुरु गरेको जनयुद्ध जारी थियो । उनी नियमित युद्धमा सक्रिय भएर लागिरहेका थिए । उनी एम्बुसको नेतृत्व गरेर २०५५ सालमा सल्यानको मुलपानी आए ।

त्यही क्रममा मुलपानीमै उनलाई गोलीको छर्राले दुबै आँखामा लाग्यो र उनी घाईते भए । आँखामा गोलीका छर्रा लागेर घाईते भएका उनलाई उपचारका लागि काठमडौ लगियो, तर काठमडौ उपचार सम्भब भएन् । काठमडौं उपचार सम्भब नभएपछि उपचारकै लागि उनलाई भारतको चेन्नईमा लगियो । त्यतिबेला सम्म पनि उनका आँखा खुलेका थिएनन् । उनको उपचार गर्दै जााँदा उनका दुबै आँखामा समस्या देखियो । एउटा आँखा कामै नगर्ने र अर्को आँखा नानी फेरेपछि काम गर्ने भयो । अहिले उनको दाँयाँ आँखाले काम गर्दैन भने बाँयाँ आँखाले पनि स्पस्टसंग देख्न नसकिने उनले बताए । ध्म्

६ महिनाको उपचार पछि उनी पुनः देशको आमुल परिबर्तनका लािग नियमित लडाईलाई नै निरन्तरता दिए । एकातिर आँखाको समस्या छ, अर्को तिर देशका मुख्य दुश्मनको रुपमा रहेको राजतन्त्रालाई अन्त्य गर्न तथा मुलुकमा संघीय गणतन्त्र स्थापन गर्न पार्टीले थालेको युद्ध चलिरहेको छ । त्यसपछि उनले आफ्नो स्वास्थ्यको कुनै प्रबाह नगरी देशको सम्बृद्धिका लागि युद्धमै होमिए । कुसल नेतृत्वकर्ता भएकै कारण अस्वस्थ हँँुदा हुँदै पनि उनलाई कहिले पश्चिम नेपाल, कहिले पुर्बी नेपाल खटाईयो भने कहिले उत्तर , कहिले दक्षिण खटाईयो ।

पार्टीले उनले २०६७ साल देखी दाङ सहित पश्चिम नेपालका बिभिन्न जिल्लाको नेतृत्व गर्दै आएका छन् । उनले मुलुकलाई सम्बृद्धि बनाउने मुद्धालाईलाई अझै पनि साथमै राखेर अघि बढिरहेका छन् ।

पार्टीभित्र सरल ब्यक्तित्व, स्वच्छ छबि अनी प्रभाबकारी भिजन भएका नेताको रुपमा चिनिएका उनले आफु जिवित रह्दा सम्म देशलाई बिकासित र सम्बृद्धि भएको देख्ने सपना बोकेका छन् । आफु नेतृत्व तहमा पुगेर आफ्नै हातले मुलुक सम्बृद्ध बनाउने उनको उदेश्य छ । त्यही दृढ ईच्छा र पार्टीको आबश्यकता अनुसार नै अहिले बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को ‘१’ का प्रदेशसभा सदस्यको उम्मेदवार बनेको उनले बताए ।।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्