चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ , कञ्चनपुरबाट एघार किलो चरेससहित तीन जना समातिए



 

काठमाडौं । अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ ।

प्रहरीले एउटा अपार्टमेन्टको शयन कक्षमा फेला पारेको सो जिब्रोको टुक्रा ती पीडितको जिब्रोमा डाक्टरले प्रत्यारोपण गरेका छन् । मिचिगनका वकिलहरुले डेट्रोइट निवासी ती महिलाले चुम्बन गर्दा जिब्रो प्रयोग नगर्न ती पुरुषलाई आग्रह गरेको बताएका छन् ।

यो घटना गत २८ जनवरीमा भएको बताइएको छ । मिचिगनको सेन्टर लाइन स्थित ती पीडित पुरुषको कोठामा आपसी सहमतिमै चुम्बनको कार्य सुरु भए पनि महिलाले जिब्रो प्रयोग नगर्न भनेकी थिइन् । वेजजर्थले चुम्बन गर्दा आफ्नो मुखभित्रको जिब्रो राखेपछि ती पुरुषलाई यसो नगर्न भन्दै चुम्बन कार्य रोकेकी थिइन् ।

तर पुनः चुम्बन गर्दा उनले पहिलेकै गल्ती दोहोर्‍याएपछि वेजवर्थले रिसाएको टोकेको बुझिएको छ । उनलाई यस अपराधबापत् अधिकतम १ वर्ष कैद र एक हजार अमेरिकी डलर जरिवाना हुने बताइएको छ । उनी अहिले २५ हजार डलर जमानतमा रिहा भएकी छिन् ।

लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ

नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीबार बझाङ केदारस्यु गाउँपालिका–६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका–२ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले घटनाका अभियुक्त र चरेससहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताउनुभयो ।

कन्चनपुरकै अर्को खबरमा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका ८० वर्षीया तुलसीदेवी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । म२प ७३५८ नंको मोटरसाइकलको ठक्करबाट वृद्धाको बागफाँटाकै धर्मभक्त टोलमा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले मोटरसाइकल चालक रामदिन रानालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्