लमही महोत्सब सिसि क्यामेराको निगरानीमा !



टेकबहादुर पुन, दाङ । दाङको लमहीमा शुरु हुन लागेको महोत्सब सिसि क्यामेराको निगरानीमा हुने भएको छ । चोरी, निकासी लाई कम गर्न र महोत्सब अबलोकन गर्ने पर्यटकलाई सुरक्षा दिलाउने उद्देश्यले मेला स्थलभरी १८ वटा सिसि क्यामेरा जडान गरिएको हो । जसमध्य २ वटा राउन्डिङ्ग क्यामेरा र १६ वटा फेस क्यामेरा जडान गरिएको छ । पुरै महोत्सबलाई निगरानी हुने गरि क्यामेरा जडान आयोजक सँस्था लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले जानकारी दिए ।

“मेला महोत्सबमा मानिसको हुल अत्यधिक हुने भएकाले चोरी डकैतीको भय हुन्छ, उक्त गतिबिधिलाई नियाल्न क्यामेरा जडान गरिएको हो न्यौपानेले भने(क्यामेराको सहायताले सुरक्षाको अनुभूति मिल्छ ।“ यसैबिच लमही महोत्सबको उद्घाटन गर्न प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी (सोनाम) आउने भनिएपनि उनको ब्यस्तताका कारण प्रदेश साँसद रेवती रमण शर्माले गर्ने भएका छन् ।

शुक्रबार झाँकी जुलुस सहित महोत्सबको बिधिवत उद्घाटन गरिने आयोजकले जनाएको छ । भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यले “जाऔं घुम्न देउखुरी“ भन्ने नारा अघि सारेर लमही चेम्बर अफ कमर्सले महोत्सबको आयोजना गरेको हो ।

२४ गते उद्घाटन भई फागुन ५ गतेसम्म सञ्चालन हुने लमही महोत्सबको तयारी पूरा भएको छ । महोत्सबमा विभिन्न २ सय ५० स्टल छन् जसमध्य ३० स्टल कृषी केन्द्रित छन् । महोत्सबमा प्रत्यक दिन ख्याती प्राप्त स्थानिय तथा केन्द्रीय कलाकार हरुको बेजोड प्रस्तुती रहने मेला सञ्चालक बिनोद बुढाथोकीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्