प्रतिनिधिसभा बैठक बस्दै, आज पनि कांग्रेसले अवरोध गर्नसक्ने



काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय भएको छ । बिहीबार(हिजो) बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । कांग्रेस नेता विजय गच्छदारविरुद्ध अख्तियारले प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बैठकमा अवरोध गरेको थियो ।

ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा तर्ता गरेको थियो । आफ्ना पार्टीका उपसभापति विरुद्ध राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको आरोप लगाउँदै कांग्रेसले विहीवार(हिजो) संसद अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुक्रवारसम्मका लागि स्थगित गरेका थिए ।

प्रमुख प्रतपक्षी नेपाली कांग्रेसले संसद र सडकबाट गच्छादारविरुद्धको राजनीतिक पूर्वाग्रहका विषयमा दवाव दिने निर्णय गरेका कारण आजको संसद बैठक पनि अन्यौलमा परेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्