मुख्य समाचार

मोर्चाद्वारा चार तहमा उम्मेदवार घोषणा

By थाहा अनलाइन

June 01, 2017

दाङ , जेष्ठ १८ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङले जिल्लाका चार स्थानीय तहमा उम्मेदवारी घोषणा गरेको छ । विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवार घोषणा गरेको हो । मोर्चाले घोराही उपमहानगरपालिकाको मेयरमा सुशीला आर्चाय बैद्यलाई उम्मेद्ववार घोषणा गरेको छ उपमेयरमा तिलकबहादुर विश्वकर्मालाई अघि सारेको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाको मेयरमा इश्वरीप्रसाद गैरेलाई उम्मेदवार बनाएको छ । तुलसीपुरमा राधा खत्रीलाई उपमेयरका रुपमा अगाडी सारेको छ । मोर्चाले दाङको एक मात्र लमही नगरपालिकामा मेयरको उम्मेदवारको रुपमा हिमन्ता घिमिरेलाई छनोट गरेकोे छ । यस्तै राप्ती गाँउपालिकाको अध्यक्षमा निमबहादुर जिएमलाई उम्मेदवार छनौट गरेको छ । मोर्चाका दाङ अध्यक्ष यमबहादुर शाहको अध्यक्षता तथा केन्द्रीय सदस्य हिरामणी दुखीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो । मोर्चालाई बैद्य निकट नेकपा माओवादी क्रान्तिकारी माओवादीको सर्मथन रहेको छ ।