अधिकार मुखी पद्धती तालिम शुरु



दिपक बोहरा,
तुलसीपुर २६ कात्र्तिक ।
तुलसीपुरमा ४ दिने अधिकार मुखी पद्धती तालिम शुरु भएको छ । समाजमा वातावरणीय शिक्षाको बिकास (सीड) तुलसीपुर र स्वान लमहीको संयुक्त आयोजनामा शुरु भएको तालिममा मानब अधिकारका बारेमा जानकारी दिईने छ ।

आईएम नेपाल र एक्सन एडको आर्थिक सहयोगमा शुरु भएको तालिमको आईतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । सीडका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका ६ का वडा अध्यक्ष नवराज लामिछानेको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि लामिछानेले आफ्नो अधिकार पाउनका लागि काुनको बारेमा जानकार हुनुपर्ने बताए ।

उनले आफनो अधिकार माग्दै गर्दा अर्काको अधिकारलाई पनि सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा प्रशिक्षक मान बहादुर डाँगी, सीडका उपाध्यक्ष शोमती चौधरी, कार्यक्रम संयोजक गद्दुलाल चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । राममोती चौधरीले स्वागत तथा कार्यक्रम निर्देशक स्यानी चौधरीले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिईन् । कार्यक्रमको सहजीकरण कार्यक्रम सयंोजक माधबराज चौधरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्