भुमिहिन सुकुम्वासीहरु लाई भुमिको स्वामित्व दिलाउछौ ः वामनेताहरु ‘घर पोत्नेको , जग्गा जोत्नेको हो ’



सैघाली खबर
देउखुरी,२६ कार्तिक । भुमिहिन सुकुम्वासी, मुक्त कमैया कमलहरीहरु लाई अधिकार सम्पन्न बनाउने वामपन्थी नेताहरुले आश्वासन व्यक्त गरेका छन । आईतवार सयूक्त वामपन्थी गठवन्धनले राप्ती गाउँपालीकाले भालुवाङ पुलचोकमा आयोजना गरेको चुनावी सभामा वोल्ने उम्मेदवारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।

भालुवाङ वासी लामो समय देखी लालपूर्जा विहीन रहेको भन्दै उम्मेदवारहरुले अबको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा वामपन्थी दललाई वहुमत प्राप्त हुने भन्दै भालुवाङको जग्गाको समस्या हल हुने वताएका हुन ।

सयूक्त वामपन्थी गठवन्धनका निर्वाचन परीचालन समीति राप्ती गाउँपालीका संयोजक किरण भण्डारीको अध्यक्षता तथा वामपन्थी गठवन्धनका प्रतिनिधीसभा क्षेत्र १ का सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी चौधरीले लामो समय सम्म सरकारको नेतृत्व गर्न गरीसकेको नेपाली कग्रेसले गर्न नसकेको काम आफूहरुले क्षण्भरमै गर्न सक्ने वताउनुभएको थियो । भालुवाङ वासीको समस्या लालपूर्जा, खानेपानी,शिक्षा, स्वास्थ्य लगायतका विषयमा आफूहरु गम्भीर रहेको भन्दै पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

पार्टी प्रवेशको लहर
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रदेशसभा क्षेत्रन १ का उम्मेदवार इन्द्रजित चौधरीले । भालुवाङको लालपूर्जा समस्या समाधानको लागि वामपन्थी उम्मेदवारले जित्नु पर्ने वताउनुभयो ।

विकास निर्माण देखी परीवर्तनको लागि स्थिर सरकार आवश्यक रहेको भन्दै अब वन्ने वामपन्थीको सरकार वाट यि समस्या हल हुने वताउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र पोलिट व्युरो सदस्य तथा प्रतिनिधीसभा समानुपातीक उम्मेदवार दामा शर्मा, गंगा चौधरी लगायतका नेताहरुले कार्यक्रमलाई शम्बोधन गर्नुभएको थियो ।

नारायण पोख्रेलले गर्नुभएको कार्यक्रममा स्वागत अनन्तराज पौडेलले गर्नुभएको थियो । यसैगरी आजै कालेकाटेमा पनी चुनावी सभा भएको खबर प्राप्त भएको छ ।

राप्रपा पार्टी परीत्याग गरी भालुवाङमा २० जना माओवादी केन्द्रमा पैवेस गरेका छन । नव प्रवेसीहरुलाइृ नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा दाङ प्रदेश सभा १ क का उम्मेदवार इन्द्रजित चौधरीले टिकाइ लगाइ स्वागत गर्नुभएको थियो । पार्टी प्रवेस गर्नुहरुमा सुदन गूरुङ,पवन कुमार गुप्ता,त्रिभुवन गुप्ता,राम मनिया पटहर,रमशे गुप्ता, विनोद गुप्ता,छेदिलाल गुप्ता,टिवाकुसीर गुप्ता, प्रतापसिंह पुन,विनोद पटहर,मोम्मद ओहाव, मोहमद अमील,श्यामलाल गुप्ता,आत्मराम खत्री केसी,राजाधर गुप्ता,जीवनदेवी गुप्ता,मोहमद कजील,प्रेमवहादुर पुन रहनु भएको छ ।
नयाँ प्रवेसीलाई पार्टी प्रवेस गराउँदै माओवादी नेता चौधरीले पछील्लो समय वामपन्थी गठवन्धनमा पार्टी पवेसको लहर चलेको वताउनुभएको छ । वामपन्थी दलवाट मात्रै देशले निकास पाउने भन्दै समयमै पार्टी प्रवेस गर्नुभएको भन्दै धन्यवाद दिनु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्