कोरोनाभाइरस विरुद्धको जनचेतना अभियान सम्पन्न




पछिल्लो समय संसारभर त्रसित बनाईरहेको कोरोनाभाइरस बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं ५ देविघाट स्थीत सहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालय र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

चिन बाट सुरु भएको उक्त भाइरस हाल संसार भर फैलिरहेको छ । नेपाल चिनबाट नजिक भएका कारण पनि त्यसको संक्रमणको उच्च जोखिममा रहेको छ । उक्त भाइरसकै कारण हाल सम्म ६ सय ३० जनाको मृत्यु भईसकेको छ । रोगबाट बच्ने उपाय बारे स्थानिय स्तरबाट नै आम मानिसलाई सु–सुचित गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक मिलन गजुरेलले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मन्जु चित्रकार,जुनियर रेडक्रस सर्कलका अध्यक्ष नबिन सुवेदी,प्रहरी,विद्यार्थी,स्थानिय लगाएतको उपस्थीति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्