आमा समुहद्वारा सरसफाई सम्पन्न



देविराम कुसारि
दाङ, २६ कार्तिक । गोलटाकुरि कलमखोलाको आमा समुहले वैठक वस्ने चौतारि सरसफाई सम्पन्न गरेको छ ।
नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको साझेदारीमा सञ्चालित परिवर्तनका संवाहक शान्ति र पुनर्मिलाप कार्यक्रम अन्तरगत गठित आमा समुहले होताराम टोलको चौतारि सरसफाई गरेको हो ।

आमा समुहका अध्यक्ष सीता वस्नेत, सचिव रेणुका विकको नेतृत्वमा गरिएको सरसफाई कार्यक्रममा गाउँ सरसफाइ गरेको शान्ति स्वयम् सेवक तुलसा वस्नेतले जानकारि दिनुभएको छ । आमा समूहको नियमित वैठक वस्ने स्थानको समस्या भएपछि चौतारि सरसफाई गरेको र भवन निर्माणका लागि गाउपालिकामा माग गरेको शान्ति स्वयम सेवक पारस खड्काले जानकारि दिनुभएको छ ।

कार्यक्रम अनतरगत दंगिशरण १ र २ मा गरि १२ वटा आमा समूह गठन भएको कार्यक्रम संयोजक वसन्त पोख्रेलले जानकारि दिनुभएको छ । त्यसैगरि ७ वटा युवा क्लव, ११ वटा बाल क्लव गठन भएको मानो सामाजिक
परामर्शदाता लक्ष्मी ढकालले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्