संयुक्त वडा भेला तिव्रता बन्दै बाम विजयको सुनिश्चित ःकेसी



सैघाली खबर
दाङ, २६ कार्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको चुनावी तालमेल संगै जिल्ला केन्द्रिय कार्यक्रम संगै स्थानिय तह सम्ममा कार्यकर्ता प्रशिक्षण, वडा भेला , चुनावी आमसभाहरु निकै तिव्रताका साथ चलेका छन ।

जसका कारण कम्युनिष्ट कार्यकर्ताहरु निकै उत्साहित हुदै चुनावी सभामा होमिएका छन । दिनहु हुन चुनावी सभा र वडा भेलाले कार्यकर्ताहरु लाई निकै हौसाएको छ । दलहरु चुनावी सभा र वडा भेला देखी मुलुक फेर्ने र दिगो शान्ती स्थापना गर्ने प्रतिवद्धता जनाउदै मत बटुल्न सुरु गरेका छन ।

तुलसीपुर क्षेत्रको संयुक्त पार्टी भेला अन्र्तगत आईतवार तुलसीपुर उपमहानगरपालीका ३ राणागाउमा सयूक्त बामगठबन्धनको भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र नम्बर ३ मा बामगठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हिरा चन्द्र केसीले विकासका लागि बामपन्थी सरकारको आवस्यक रहेको बताउनुभएको छ वाम एकताले नै अब मुलुक फेर्न सक्ने उल्लेख गर्दै केसीले मुलुक समृद्ध र स्थायित्व पाउने बताउनुभएको छ ।

काग्रेसले जितेर नै देशलाई दलदलमा फसाएको उहाँले बताउनुनभयो । जनताको अमुल्य भोटले जित्ने तर पछि आफै भ्रष्टाचारी हुने काँग्रेसले विकास कहिल्यै नचाहने उहाँले बताउनुभयो । देशमा जति पनि भ्रष्टाचारी छन, ति सवै काग्रेसका नेताहरु मात्रै छन उहाँले भन्नुभयो । देशलाई समृद्ध बनाउनका लागि कम्युनिष्टहरुले जित्नै पर्ने अवस्था आएको उहाँको भनाई थियो ।

त्यस्तै प्रदेश सभा क का उम्मेदवार जगप्रसाद शर्मा अपारले बामगठबन्धन देखेर काँग्रेसहरु अत्तालिएको बताउनुभयो । कम्युनिष्टको सरकार आए बोल्न पाईदैन भनेर हल्ला भिजाएर जनतालाई फेरी पनि झुक्याउन खोजेको उहाले बताउनुभएको छ । उहाले बामपन्थीको सरकार आएमा जनताका दुखका दिनहरु सकिने बताउनुभयो । झविलाल घिमिरेको अध्यक्षतामा भएको भेलामा शेशुराम भण्डारी, पदम खड्का सिता वली, विरबहादुर विक विजय ,कलिभान रोका लगायतले सम्बोधन गर्नुभएको थियो । भेलाको सहजिकरण ऋषि परियारले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्