Bidhya Devi Bhandari, 54, is only the second person to be elected president since Nepal abolished its monarchy in 2008

मुख्य समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी आज युएई भ्रमणमा जादैै

By थाहा अनलाइन

November 13, 2017

सैघाली खबर काठमाडौं,२७ कार्तिक

 

 

राष्ट्रपति विद्यादेवी भण्डारी आजयुएई भ्रमणमा जादैै हुनुहुन्छ । चारदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । यूएईको औपचारीक निमन्त्रणामा जाने टोलीमा राष्ट्रपति कार्यालयका १८ र परराष्ट्र मन्त्रालयका ७ गरी २५ जना हुने छन् । राष्ट्रपति आज त्यसतर्फ जाने र बिहीबार फर्कने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले जानकारी दिनुभयो । भ्रमणले दुईपक्षीय सम्बन्धलाई राम्रो बनाउन र लगानी भित्र्याउन उपयोगी हुने विश्वास व्यक्त गरिएको छ । वर्तमान र अघिल्लो सरकारले दूतावास रहेका सबै मुलुकमा राजदूत नियुक्त गरे पनि यूएईमा लामो समय देखि राजदूत छैनन् । अहिले यूएई, साउदी अरेबिया र इजिप्ट लगायतका मुलुकले कतार माथि नाकाबन्दी लगाए पछि खाडीमा ठूलो धु्रवीकरण छ ।