मुख्य समाचार

शिक्षा ऐन नवौं संशोधनको बिरोधमा बिद्यार्थीको रिले अनसन सुरु

By थाहा अनलाइन

November 13, 2017

सैघाली खबर काठमाडौं,२७ कार्तिक

शिक्षा ऐन नवौं संशोधन खारेजीको माग गर्दै बिद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन् । भक्तपुरको सानोठिमीमा रहेको शिक्षक सेवा आयोगमा हिजो बेलुकाबाट बिद्यार्थी संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधन बिधेयक खारेजीको माग गर्दै रिले अनसन सुरु गरेको हो  ।

सरकारले अस्थायी शिक्षकहरुको माग पुरा गर्ने भन्दै आन्तरिक तर्फ ७५ प्रतिशत र खुलातर्फ २५ प्रतिशत शिक्षकका लागि विज्ञापान आह्वान गरेको छ । त्यसकै बिरोधमा रिले अनसन सुरु गरिएको बिद्यार्थी संघर्ष समितिका प्रेस संयोजक दिंगजधौरालीले जानकारी दिनुभयो । सरकारले शिक्षा ऐनको नवौं संशोधन ल्याएपछि संघर्ष समितिले यही कात्र्तिक १७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आईरहेको छ ।