इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, कम्तिमा ६५ जनाको मृत्यु



सैघाली खबर
काठमाडौं,२७ कार्तिक


इरान र इराकको सीमा क्षेत्रमागएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६५ जनाको मृत्यु भएको छ । इराकको कुर्दशहर हालब्जा नजिकै लाई केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ३ म्याग्नेच्युटको भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन् ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भूकम्पपछि दुवै देशका सीमा वर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षतिभएको छ ।

भूकम्पपछि त्यहाँको विद्युत् र सञ्चार सेवा अबरुद्ध भएको छ । भूकम्प गए सँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएको र उनीहरु सडकमै बसिरहेका छन् । इराकको राजधानी बग्दादका नागरिक प्रार्थनामा जुटेका छन् । इरानी समाचार संस्था आइआर आइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भाग तिर तैनाथ गरिएको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्