ओझेलमा परेको सुन्दरनगरी लाम्मेला



प्रकृतिको अनुपम उपहार सुन्दर नगरी लाम्मेला आवश्यक प्रचारपसार नहुनाले ओझेलमा परेको छ । पश्चिम नेपालको धवलागिरी अञ्चल अन्तर्गत बाग्लुङ्ग जिल्लाको उत्तर पश्चिममा पर्ने रमणीय ठाँउ हो तमानखोला गाँउपालीका ४ लाम्मेलाखानी । प्राकृतिक सौन्दर्यले अत्यन्तै सुन्दर ठाँउ लाम्मेला उच्च पहाडी क्षेत्रमा पर्ने भएकोले चारै तिर बाट हरियाली डाँडाकाडा ले छोपिएको छ । यो गाँउ उत्तरको नर्जाखानीको सिमना बाट दक्षिण तर्फ भिरालो भू–बनोट भई पूर्वमा पर्यटकीय सम्भावना बोकेको आकर्षक ठलो शोलेडाँडा देखि ठुलो खोला हुदै हिले सम्म फैलिएको छ ।

सामुन्द्रिक सतह देखि लगभग २४सय मिटरको उचाईमा अबस्थित यस गाँउमा मुख्यतया विश्वकर्मा र छन्त्याल जातीको बसोबास रहेको छ । केहि समय पहिले थकाली जातीको समेत बसोबास रहेता पनी हाल भने उक्त समुदाय बसाँई सराई गरी शहर भित्रिएका हुन । लाम्मेला आफैमा अत्यन्तै सुन्दर र बिकाशको सम्भावना बोकेको ठाँउ मानिन्छ , यस लाम्मेला गाँउको नामांकरण लामा लामा खेत भएको ले गाँउको नाम नै लाम्मेला भएको पुर्खाको भनाई छ।

यहाँका बासिन्दा मुख्य गरी कृषि पेशामा आबद्द भए पनि पछिल्लो समय बैदेशिक रोजगारको शिलशिलामा खाडीमुलुक जाने हरुको संख्या दिन प्रति दिन बृद्धि हुदै गईरहेको छ । कला संस्कृतिको धनी यस सुन्दर नगरी लाम्मेलाखानी को आफ्नै किसिमको चिनारी रहेको छ । छन्त्याल र विश्वकर्मा जातीमा अत्यन्तै प्रख्यात खेली, सोरठी नाच, मनग्य आलु उत्पादन यहाँको चिनारी हुन भने सांस्कृतिक सम्पदामा विश्वकर्मा बाबा मन्दिर,भगवति मन्दिर,बिबिध देवी देवताको थान,देउराली, चौपारि र स्मारक हरु रहेका छन । त्यसै गरि बाह्रै महिना कलकल बग्ने मुलको पानी सुहाउदो हावा पानी यहाँको अर्को बिशेषता हुन । भौगोलिक विकटता र सदरमुकाम देखि टाढा रहेको कारण सरकारी निकाय हरुको ध्यान पुग्न नसक्नु को साथै सरकारी योजना पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकिरहेको हुदा तिब्र प्रगति भने देख्न पाईदैन तर स्थानीयको सक्रियतामा विकाश निर्माणका कार्यहरु केहि न केहि रुपले अगाडी बढिरहेको पाईन्छ ।

आलुखेतीको लागी अत्यन्तै प्रख्यात रहेको यस गाँउमा पुग्ने जो कसैलाई मोहित पार्ने प्राकृतिक मनोरम ठाँउहरु रहेको लाम्मेलामा मोटर बाटो पुगे संगै नजिकका केहि जिल्ला आवात जावतमा सहजता भएको छ । एक समय चर्चित लोक दोहोरी गायक खड्ग गर्बुजाले हेर्दाहेदैं कान्छीले सोलेडाँडा काट्यो।।बोलेको गीत बाट यो ठाउँलाई थप परिचित बनाएका थिए , उक्त गीतमा समाबेश भएको सोलेडाँडा हाल पर्यटकीय गन्तब्यको रुपमा स्थापित बनेको छ । म्याग्दीको ओखरबोट, रुम संग सिमाना जोडिएको यस ठाँउमा सडक विस्तारसंगै आन्तरिक पर्यटकको चहपहल बढेको छ ।

तमानखोला गा पा को खुंखानी, बुंगादोभान नर्जा,थास्पुरी,हिले लगाएतका बासिन्दाले जिल्लाको सदरमुकाम बागलुङमा पुग्न समेत प्रयोग गर्ने सोलेडाँडामा स्थानीय सरकारले थप ध्यान पुर्याउन सके बर्सेनी हजारौ पर्यटक लोभ्याउन सकिने लाम्मेला बासिको भनाई छ। समुन्द्रसतह देखी करिव ३ हजार मिटर अग्लो सोलेडाँडा बाट बाह्य तथा आन्तरिक पर्यटकले सोलेडाँडा आसपासको जंगलमा ढकमक्क फुलेको विभिन्न प्रजातीका लालीगुराँस, प्राकृतिक सुन्दरता, धौलागिरि अञ्चलमै सोलेडाँडाबाट देखिने धौलागिरि गुर्जा, चुरेन, अन्नपुर्ण, निलगिरि, माछापुच्छे लगाएत आधा दर्जन हिमश्रंखला देख्न सकिन्छ ।

चैत्र, बैशाखमा राताम्मे लालिगुराँस र पुष, माघमा सेताम्मे हिउँ ,घना जंगल, प्राकृतिक सौन्र्यता, बन्यजन्तुको बासस्थानलाई समेत संरक्षण गर्ने गरी योजनाहरु अगाडी बढाउन सकेमा देशकै नमुना ठाउँ बन्ने पक्का देखिन्छ ।

जो कसैलाई सहजै मोहनी लगाउन सक्ने प्राकृतिक रुपमा सम्पन्न यस गाँउमा निर्माण गरिने चोयाको बिभिन्न सामाग्री तथा स्वादिलो पानीको देश तथा बिदेशमा चर्चा चुलिदै गएको छ । विगतमा युवाहरु बैदेशिक रोजगार र परिवार विभिन्न सेवासुविधाको निमित्त शहर केन्द्रित हुनेगरे पनी बर्तमान समयमा युवाहरुले गाउघरमै विभिन्न ब्यापार ब्यबसाय गर्दै आएका छन् । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउदै गर्दा तपाईको एउटा उचित गन्तब्य बन्न सक्छ सुन्दरनगरी लाम्मेला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्