नेपालले दियो ओमानलाई २ सय ५० रनको लक्ष्य



काठमाडौं । नेपालमा जारी आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको हो ।

नेपालको सुरुवात राम्रै रहृयो । कप्तान मल्लले पहिलो विकेटका लागि सुवास खकुरेलसाग ४८ रनको साझेदारी गरे । खकुरेल २२ रनमा आउट भए । त्यसपछि आएका पूर्वकप्तान पारस खड्काले मल्ललाई साथ दिएका थिए । मल्ल र खड्काले ५९ रनको साझेदारी गरे । खड्का ३८ रनमा आउट भए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले खाता नै खोल्न सकेनन् । अर्को विकेटका रुपमा कप्तान मल्ल ५६ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १२८ रन थियो ।

आरिफ शेख र कुशल मल्लले २९ रनको साझेदारी गरे । मल्लले २८ रन बनाए । त्यसपछि आएका विनोद भण्डारीले आरिफ शेखसाग मिलेर पारी सम्हालेका थिए । शेख २८ रनमा आउट भए । करण केसीले १० रन बनाए । विनोद भण्डारी ३५ रनमा रनआउट हुन पुगे । सन्दीप लामिछाने १० । कमल सिंह ऐरी ९ रनमा अविजित रहे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्