देश विकाशको सुरुवात नुवाकोटबाट हुन्छ : प्रचण्ड




सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड)ले देश विकाशको सुरुवात नुवाकोटबाट हुने बताएका छन् । शनिवार नुवाकोटको पंञ्चकन्या गाउँपालिकामा आयोजित अन्तरपालिका स्तरिय प्रथम ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

“आफूले सपनाको रुपमा देखेको ल्हासा–लुम्बिनी रेलमार्ग निर्माण, छहरे–टोखा सुरुङमार्ग, मध्यपहाडी सडकमार्गलगायतका संरचनाका निर्माणले भूगोलको दूरी सीमाको आधारमा नजिक र टाढाको रुपमा लिनु पर्दैन” साथै उनले भने, “मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन सकारात्मक सोचका साथ आ–आफ्नो पेशामा आत्मनिर्भर बन्नुपर्छ, परिवर्तन र विकास टाढा छैन ।”

आफ्नो सपना संग नुवाकोट जोडिएका कारण पनि यहाँको विकाशलाई कसैले पनि रोक्न नसक्ने उनले बताए ।‘ल्हासा–लुम्बिनी रेलमार्ग,छहरे–टोखा सुरुङमार्ग, मध्यपहाडी सडकमार्ग लगाएतका राष्ट्रिय गौरवका आयोजनाहरु यहिबाट सुरुवाद हुने भएकाले पनि देश विकाशको सुरुवात नुवाकोटबाटै हुने नेकपा अध्यक्ष प्रचण्डले बताए ।’

कार्यक्रमकै बिचमा उनले,‘राष्ट्रिय राजनीतिमा स्थायित्व बनाइराख्न र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको सहज वातावरण बनाउन आफुहरुले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न सुझाएकाले स्थानीय जनप्रतिनिधिलाई दोष नदिन उहाले आग्रह समेत गरे ।’

कार्यक्रमको सुरुवातमा स्थानिय जनप्रतिनिधिसंग छुट्टै भेटवार्ता समेत गरेका थिए । भेटवार्तामा उनले जनप्रतिनिधिका समस्या र गुनासालाई गहन रुपमा सुने । सबै जनप्रतिनिधिको एउटै गुनासो थियो कि काठमाण्डौँ–ककनी–त्रिशुलि र टोखा–छहरे सडक निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? उनीहरुले भने,‘सडकलाई लिएर सर्वसाधरणले सामाजिक संञ्जालमा गालि गलौज गर्ने र बाटो हिड्दाँ गाडिमाथि नै आक्रमण हुने गरेको पिडा समेत अध्यक्षसामु पोखे । गुनासो पश्चात अध्यक्ष प्रचण्डले आफू सरकार,प्रधानमन्त्री,मन्त्रालय र सम्बन्धित निकायसम्म आफू नै कु्रा गर्ने उनले बताए ।

शनिवारदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगितामा जिल्लामा रहेका सबै स्थानीय तहबाट एक–एक समूह गरेर १२ समूहको सहभागिता रहेको आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए । उनका अनुसार प्रतियोगिता ‘लिग’ र ‘नकआउट’ चरणमा प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई रु एक लाख, दोस्रो हुने समूहलाई रु ७५ हजार र तेस्रो हुनेलाई रु ५० हजार पुरस्कार तोकिएको छ ।

कार्यक्रममा पञ्चकन्या गाउँपालिकाले १३औँ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल हुनुभएका पञ्चकन्या गाउँपालिका–४ थप्रेक निवासी अनु अधिकारीलाई नगद रु ५० हजारसहित नेकपाको अध्यक्ष दाहालमार्फत सम्मान गरिएको छ । यस्तै, रजत पदक विजेता अनिता अधिकारी (भण्डारी) लाई नगद रु ३० हजारले सम्मान गरिएको छ ।

नुवाकोट जिल्लामा जन्मेर १३औँ सागमा स्वर्ण पदक विजेता अभिषेक रिजाल, लक्ष्मी मगर र बुद्धिबहादुर तामाङलाई नगद रु १५ हजार तथा रजत र कास्यपदक विजेता मीना ग्लान, कृष्णबहादुर तामाङ, सञ्जित डङ्गोल, अस्मिता राई, अञ्जु तामाङ, रेजिन रिमाल र राजीव पुडासैनीलाई रु १० हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्