अवैध लागूऔषध सहित पक्राउ तथा बरामद



तनहुँ, बन्दीपुर गाउँपालिका(१ नाला घर भएका २५ वर्षीय बिक्रम अधिकारीलाई नियन्त्रित लागूऔषध डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल र फेनारगन ४० एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले अबैध रुपमा लागूऔषध लुकाई छिपाई बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, राक्सिराङ गाउँपालिका(२ च्याम्राङ डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ केजी फेला पारी आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले प्लास्टिकको झोला छोडेर फरार भएपश्चात प्रहरीले झोला तालसी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्