बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु



सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु.१६प ४४४१ नम्म्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका(३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डल रहेका छन् । सिराहा–चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका ५ मा मोटरसाइकललाई ठक्कर दिँदा दुबै जना गम्भीर घाइते भएका थिए ।

घाइते दुबैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी बिदुर घिमिरेले बताए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्