मुख्य समाचार

बन्दका कारण रोल्पाको जनजिबन प्रभाबित

By थाहा अनलाइन

November 13, 2017

सैघाली खबर, रोल्पा २७ कात्तिक। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण सोमवार विहानै देखि रोल्पाको सामान्य जनजीवन प्रभावित भएको छ। यातायात,बजार र शिक्षण संस्था सबै ठप्प रहेका छन ।

जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्तालाई विना सर्त रिहाईको माग गर्दै रोल्पा बन्द आह्वान गरिएको हो।

उक्त विज्ञप्तीमा नेकपा माओवादी केन्द्रका नेताहरुले प्रहरी प्रशासनको बलमा अनाहकमा आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेको, झुट्टा मुद्दा लगाउन खोजेको भन्दै विना सर्त रिहाईको माग गरिएको छ।

गत शनिबार र आइतबार पश्चिम रोल्पामा चुनाव प्रचार प्रसारमा जाँदा पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्षित गरी माइन विस्फोट र गोली प्रहार भएको थियो भने शुक्रवार मात्रै माओवादी कै नेता एवं पूर्व गृहमन्त्री जर्नादन शर्मा ९ प्रभाकर० माथि पनि वम आक्रमणको प्रयास भएको खबर सार्वजनिक भएको थियो ।