पार्टी एकताको हल्ला निराधार हल्लाह मात्र- प्रचण्ड



 

सैघाली खबर,
चितवन २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको बताउनु भएको छ

उहाँले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिनु भयो । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गर्नु भयो ।

उहाले चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने समेत जानकारी दिनु भयो ।

चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उहाको भनाइ थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्