जीर्ण बन्दै लाम्मेला देवि मन्दिर (देबथान)को कथा



परापुर्व काल देखिनै एउटा जनबिश्वास थियो यदि देबि देवता खशी भएनन् भने कि त मान्छे लाई हानी गर्छन कि त पशु चौपायलाई । यहि मानसिकताले त्यस्ता धेरै मठ, मन्दिर, पाती पौवा बने जस्ले आजको दिनमा पनि उक्त ठाउँलाई साँस्कृतिक सम्पदाको रुपमा सिगों देशमा परिचित बनाएका छन् ।
यस्तै धार्मिक आस्थाले जन्मिएको देविको मन्दिर मध्यको एक हो लाम्मेला देबथानमा अबस्थित देवि मन्दिर । यो मन्दिरको कथा केहि भिन्न छ, सुरुवातमा देविलाई सम्झना गर्दै भाकल गरिएका रागा र कुखुरा बलि चढाएर पुजा पाठ गरिने यो ठाँउ सोहि लाम्मेला गाँउको बन्धनधारा टोल नजिकै रहेको खोला छेउको एक लाखुरीको रुखमा त्यहि देवीको मुर्ति राखेर गरिन्थ्यो, कारण त्यतिबेलाको समय मान्छेहरुको आवतजावत गर्ने मुख्य बाटो त्यहाँ थियो ।
मानव बिकाश संगै गाउँ बिकाशमा समेत परिवर्तन हुदै गयो मान्छेहरु बिस्तारै मुख्य बाटो अर्को बनाउन थाले, देवि देवता अध्यारो र जंगल बिचमा राखेमा दुखि हुने र मानवीय क्षति हुन जाने भन्ने केहि अग्रजको भनाइ संगै उक्त जंगल बिचमा रहेको देविथान मन्दिर लाई तल अन्चबसे राख्ने निर्णय बन्यो ।
अन्चबसे कहाँ राख्ने कस्को जग्गामा बनाउने लगायतको कुरा चले संगै भबिन्द्र शेर्चन, तम बहहादुर शेर्चनका बुवा शिव प्रसाद शेर्चनले उक्त देविको मन्दिर निर्माणको निमिक्त जग्गा दान गरिदिए ।

जग्गा प्राप्त भएता पनी तत्काल त्यहा मन्दिर निर्माण गर्नका लागी आवश्यक बजेट नभएको कारण उक्त ठाँउमा मन्दिर निर्माण गर्ने जिम्मेवारी लाम्मेला आमा समुह लाई दिइयो ।
त्यो समय आमा समुहको नेतृत्वो स्वय्म जग्गादाता परिवारकी शन्त भट्टचनले गरिन, आमा समुहको टोलीले गाउमा बिवाह, ब्रतबन्द जस्ता शुभ कार्य र परदेश बाट लाहुरे आएको घरमा गई बिभिन्न साँस्कृतिक नित्य र भजनकिर्तन गर्दै पैसा संकलन गर्न थाले यसरि केहि समयमै २ लाख २० हजार रकम संकलन भयो ।
मन्दिर बनाउन सुरुवात गरियो तर रकम अभावको कारण उक्त संकलित बजेटमा मन्दिर निर्माण हुने सम्भावना रहेन, अध्यक्ष शान्त शेर्चनको ब्यस्तता थपिए संगै त्यो कार्यभारको जिम्मेवारी कपुरा छन्त्यालमा आयो, कपुरा छन्त्यालले मन्दिर निर्माण पुरा गर्न तम बहादुर शेर्चनबाट ७० हजार ऋण लिईयो, मन्दिर निर्माण सम्पन्न भयो उक्त मन्दिर निर्माणको निमिक्त लिएको रकम केहि सहयोगी दाताले दिएको चन्दा र केहि उसै गरि लाहुरे झार्ने र भजनकिर्तन गरेर चुक्ता गरियो ।
यसरि लामो योजना र सबैको साथ सहयोगमा अन्चबसे स्थित देविथान मन्दिर बन्यो सुरसुरमा चैत अष्टिमी र जनै पुर्णिमा मा पुजापाठ र भर्जनकिर्तन साथै बिभिन्न धार्मिक एवम् साँस्कृतिक कार्यक्रम गरि मनाउने गरेता पनि पछि बिस्तारै जनै पुर्णिमाको दिन पुजापाठ गर्न छोडेर चैत्र अष्टिमीमा मात्र पाठ पुजा गर्न थालियो ।


उक्त स्थानमा देविको मन्दिर बने संगै लाम्मेला गाँउको परिचय थप फराकिलो बन्यो, गाँउको चमक अझ थपिदै जान थाल्यो , त्यहि बाटो भएर आवतजावत गर्ने जो कोहिले थकाई मेटाएर जाने साझा चौतारी बन्यो । करिव २००५ साल देखि कथा जोडिएको उक्त मन्दिरमा बिकाश योजना आय संगै त्यो चमकता बिस्तारै कुरुपतामा परिणत हुन थाल्यो ।
मठ मन्दिर पाती पौवा जस्ता ऐतिहासिक कुरा केवल धर्म र ब्यक्तिको स्वार्थमा मात्र जोडिएको हुदैन यस्ता भौतिक संरचनाहरुले सोहि ठाँउको साँस्कृतिक एवम् कलात्मक पक्षकलाई समेत जोगाउन टेवा पुर्याएको हुन्छ । तसर्थ यस्त प्राकृतिक एवम् साँस्कृतिक सम्पदाको संरक्षण गर्नु हामी सबैको कर्तब्य हो ।


२०७०÷७१ साल तिर गाँउमा मोटर बाटो खनियो, बाटो सोहि मन्दिरको अगाडि बाट पर्यो, तल पट्टि स्थानियको घर भएकाले मन्दिरको भाग बढि चेपिन पुग्यो,केहि समय पछि मोटर बाटो सफाईमा मन्दिरको बाहिरी पर्खाल भट्कियो, तार जाली चुदिदै गयो, अहिले मन्दिर कुरुपतामा परिणत भएको छ, बाटोमा पैड्ल हिड्नेहरु लाई ढुङ्गा खस्ने त्रास उत्तिकै छ, मन्दिरको भार बोकि रहेका खम्बाहरु चारै तिर बाट कुहिदै जान थालेका छन्, छानो चुहिदै गएको छ भने अर्को तिर अब उक्त मन्दिर सोहि ठाँउमा ब्यबस्थित गर्ने वा अन्यत्र सार्ने भन्ने विवाद टुङ्गोमा पुग्न सकिरहेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्