श्रीनगर सल्यानमा हुने प्रादेशिक महोत्सवको उदघाटन मुख्यमन्त्री शाहीले गर्ने



प्रेम विवश घर्ती मगर । सल्यान उद्योग वाणिज्य संघ को आयोजनामा श्रीनगरमा सञ्चालन हुन लागेको महोत्सवको उदघाटन प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गर्ने भएका छन् ।

कृषी ,पशु ,वन उद्योग, व्यापार ,पर्यटन विकास को परिकल्पना, व्यवसायिककरण द्वारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मूल नाराका साथ सल्यानको श्रीनगरमा सञ्चालन हुन लागेको महोत्सव माघ २९ गते मन्त्री शाहीले उदघाटन गर्ने सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर चलाउने ले बताएका छन् ।

माघ २९ गते देखी फाल्गुन ११ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको महोत्सव व्यवस्थापन समितीले जनाएको छ ।
सल्यान उद्योग वाणिज्य संघ श्रीनगर सल्यानको मुख्य आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ र शारदा नगरपालिका सल्यानको आयोजनामा प्रादेशिक कृषी, पयटन ,उद्योग व्यापार तथा साँस्कृतिक महोत्सव २०७६ हुन लागेको हो ।

महोत्सवका आकर्षणहरु :


महोत्सवमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ भने रोटेपिङ ,बल उद्यान ,स्थानिय मौलिक झाँकी ,दैनिक लाइभ दोहोरी , सल्यानमा उत्पादित आर्गानि बस्तुको स्टल ,दैनिक उपभोग्य वस्तुको स्टलहरु रहनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्