सैघाली खबर,
चितवन २७ कात्तिक।
। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले ४० सिट जित्ने दाबी गरेका छन् ।
सोमबार चितवनमा पत्रकार सम्मेलनमा प्रचण्डले ४० सिटसम्म माओवादीले जित्ने प्रक्षेपण गरेका हुन् । ‘शतप्रतिशत जित्ने प्रयास त हुन्छ नै,’ उनले भने, ‘तर ३० भन्दा माथि ४० सम्म जित्न सकिन्छ ।’
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेसँग ६० र ४० को भागबण्डा गरेको माओवादीले ६६ सिटमा उम्मेदवार बनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।