मुख्य समाचार

माओवादीले ४० सित जित्ने निश्चित -माओवादी केन्द्र

By थाहा अनलाइन

November 13, 2017

सैघाली खबर, चितवन २७ कात्तिक। । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले ४० सिट जित्ने दाबी गरेका छन् । सोमबार चितवनमा पत्रकार सम्मेलनमा प्रचण्डले ४० सिटसम्म माओवादीले जित्ने प्रक्षेपण गरेका हुन् । ‘शतप्रतिशत जित्ने प्रयास त हुन्छ नै,’ उनले भने, ‘तर ३० भन्दा माथि ४० सम्म जित्न सकिन्छ ।’ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेसँग ६० र ४० को भागबण्डा गरेको माओवादीले ६६ सिटमा उम्मेदवार बनाएको छ ।