दिल्लीवासीले भाजपालाई घृणा र हिंसाको राजनीतिलाई सुहाउँदो जवाफ दिए – भाकपा महासचिव येचुरी



काठमाडौं । दिल्ली विधानसभा निर्वाचनको मतगणना भइरहँदा भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीले दिल्लीवासीले भारतीय जनता पार्टी (भाजपा)ले गर्दै आएको घृणा र हिंसाको राजनीतिलाई सुहाउँदो जवाफ दिएको बताएका छन् ।

निर्वाचनको प्रारम्भिक रुझानले सत्तारुढ आम आदमी पार्टी (आप)ले पुनः सरकार बनाउने संकेत गरिरहेका बेला येचुरीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन । महासचिव येचुरीले दिल्लीवासी, आप र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बधाई समेत दिएका छन् ।

७० सदस्य दिल्ली विधानसभामा आपले ५८ र भाजपाले १२ स्थानमा अग्रता कायम गरेको छ । गत शनिबार मतदान सम्पन्न भएपछि गरिएको मत सर्वेक्षणहरू (एक्जिट पोल) ले आपले ५२ र भाजपाले १४ स्थानमा जित हासिल गर्ने प्रक्षेपण गरेको थियो । २०१५ को निर्वाचनमा आपले ६७ र भाजपाले ३ सिट जितेको थियो । त्यतिबेला एक सिट पनि जित्न नसकेको भारतीय नेसनल कंग्रेसले यसपटक पनि खाता खोल्ने संकेत देखिएको छैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्