नेल्सन मण्डेलाका विश्व प्रसिद्ध १५ भनाइहरु यस्ता छन



नेल्सन मण्डेला विश्वमा परिचित महान ब्यक्तित्व हुन् । उनी र उनको जीवनीबारे थाहा नपाउने सायद कमै होलान् । दक्षिण अफ्रिकाको राष्ट्रपति देखि नोवेल पुस्कारसमेत हात पार्न सफल भएका मण्डेलाको २०१३ मा ९७ वर्षको उमेरमा निधन पनि भैसकेको छ । तर, भनिन्छ नि मानिस मरेर गएता पनि उसले ब्यक्तित्व कहिल्यै मर्दैन । त्यसैले १८ वर्षसम्म जेल जीवन बिताएका मण्डेलाका केही विश्व प्रसिद्ध भनाइहरु हामी तपाईलाई जानकारी गराउँदै छौँ ।

१. तिमीले सवै महान् व्यक्ति भनेको सानै र सिकारु हुन्छ भन्ने जबसम्म सोच्दैनौँ तबसम्म म महान् कहिल्यै छैन ।

२. एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् ।

३. मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डरमाथि विजयी पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको
बाबजुत अघि बढ्छ ।

४. शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमी यो संसारलाई शुद्ध बदल्न सक्छौँ ।

५. सवैभन्दा पहिले तिमी इमान्दार बन । किन कि तिमी जबसम्म तिमी आफू इमान्दार बन्दैनौँ तबसम्म तिमीलेसमाज परिवर्तन गर्न सक्दैनौँ ।

६. स्वस्थ टाउको र मुटुको संयोजन आफैमा भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञान या कलमको स्वाद मिसाउँछौँ त्यसपछि तिमीसँग केही विशेष
हुनेछ ।

७. जब कसैले आफूले विश्वास गरेको जिन्दगी बाँच्नका लागि नकार्छ तब त्यो जिन्दगीबाट बाहिर निस्कनुबाहेक अर्को कुनै विकल्प हामीसँग हुँदैन ।

८. यदी तिमी मेरो सफलताको मूल्यांकन गर्न चाहन्छौँ भने म कतिपटक लडेर त्यहाँसम्म पुगे त्यसको मूल्यांकन गर ।

९. “तिमी जहाँ उभिन्छौँ त्यसले नै तिमी बस्ने ठाउँ निर्धारण गर्छ” ।

१०. कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक–पटक लडेर उठ्नुमा जीवनमा धेरै खुसी प्राप्त हुन्छ ।

११. जबसम्म काम समाप्त हुँदैन तवसम्म त्यो असमभव लाग्दछ ।

१२. स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन ताकी यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रतालाई बढाइदिन्छ ।

१३. पछाडि बसेर नेतृत्व गरोँ र अरुलाई यो ठान्न दिऔँ उनीहरु नै अगाडि छन् ।

१४. अब सवैका लागि काम, रोटी र नुन होस् ।

१५. जिन्दगी बाँच्नका लागि जहिले पनि म बाँच्नका लागि सक्षम छुँ भन्ने सोच्नुपर्छ मनलाई कहिल्यै सानो र आशावादी बनाउनु हुँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्