प्रदेश ५ सरकारले दाङमा फागुन १० गते देखि प्रदेश एक्स्पो आयोजना गर्ने



दाङ । प्रदेश ५ सरकारले दाङमा आगामी फागुन दोस्रो साता तीन दिने प्रदेश एक्स्पो आयोजना गर्ने भएको छ । प्रदेश सरकारको दोस्रो स्थापना दिवसको अवसरमा प्रदेश सरकारले फागुन १० देखि १२ गतेसम्म प्रदेशवासीको उत्सवको रुपमा एक्स्पो आयोजना गर्न लागेको हो

एक्सो सञ्चालनका लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीको संयोकजकत्वमा ३८ सदस्यीय मूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी तयारी सुरु गरेको छ ।

प्रदेश सरकार स्थापनादेखि हालसम्मका गतिविधि र उपलब्धीबारे जानकारी दिने उदेश्यका साथ एक्स्पो सञ्चालन गर्न लागिएको मूल समारोह समितिका संयोजक एवं मन्त्री केसीले बताए । मन्त्री केसीका अनुसार एक्स्पोमा प्रदेश ५ को विविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थितिबारे जानकारी गराइने छ ।

‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य पुरा गर्न समान उत्साह र समान खुशी पैदा गर्न अभिप्रेरित गर्ने र प्रदेश नं. ५ मा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा संस्कृतिको विकासलाई नमूनाको रुपमा स्थापन गरी विकासमा उत्साह ल्याउन एक्स्पोको महत्वपूर्ण भूमिका रहने विश्वासका साथ कार्यक्रम गर्न लागिएको उनले बताए ।

एक्स्पोमा प्रदेशका १२ जिल्लाको मौलिक ज्ञान, सीप, लोक कला, स्थानीय उत्पादन, स्थानीय खाना र नवीन प्रविधिको प्रस्तुति एवं प्रदर्शन गरिने उनले बताए ।

एक्स्पोमा ५० वटा सरकारी तथा करिब ५ सय जति अन्य स्टलहरु रहने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्