बर्दियालाई बाढीबाट पुर्ण सुरक्षित बनाउछौ -बाम गठन्धन



सैघाली खबर,
बर्दिया, २७ कात्तिक । बर्दियालाई बबई नदीबाट पूर्ण सुरक्षित बनाउने वाम गठबन्धन बर्दिया क्षेत्र नं १ का उम्मेदवार वामदेव गौतम, क्षेत्र नं १ ‘ख’ का उम्मेदवार तिलक शर्मा ९हिमाल० ले संयुक्तरुपमा उद्घोष गर्नुभएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँहरुले यो कुरा उद्घोषण गर्नुभएको हो । वाम गठबन्धनको सरकार गठन पश्चात सम्पूर्ण बाढीपीडितलाई तीन महिनाभित्रमा राहत वितरण, पाँच वर्षभित्रमा बबई नदी नियन्त्रण गर्ने र जग्गा कटान भएका पीडितलाई दुई वर्षभित्रमा व्यवस्था गर्ने बचनबद्धता जनाएका छन।

नेकपा ९एमाले०का उपाध्यक्ष समेत रहेकका बामदेव गौतमले बाम गठबन्धनको सरकार बनेमा १० वर्षभित्रमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्