मुख्य समाचार

राजदरबार हत्याकाण्ड भएको आज १६ वर्ष पूरा ।।

By थाहा अनलाइन

June 02, 2017

जेष्ठ, १९ राजदरबार हत्याकाण्ड भएको आज १६ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको हत्याकाण्डपछि एक दर्जनपटक सरकार परिवर्तन भए पनि त्यो घटना अहिले पनि रहस्यमय छ । नारायणहिटी दरबार घुम्न आउने दर्शकले आगन्तुक पुस्तिकामा दरबार हत्याकाण्डको छानबिन होस् भन्ने लेख्ने गरे पनि कुनै पनि सरकारले त्यस बारेमा निर्णय गर्न सकेका छैनन् ।

दरबार हत्याकाण्डको रहस्य पत्ता लाग्न नसके पनि नारायणहिटी संग्रहालयले दरबार हत्याकाण्ड भएको घर त्रिभुवन सदन निर्माण सुरु गरेको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण सुरु गरिएको हो । संग्रहालय प्रशासनले एक वर्षभित्रमा सकिनेगरी दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन निर्माण गर्न लागेको हो ।