आक्रमण पार गर्दै अन्तत पुगे थवाङ अन्नत



सैघाली खबर
रोल्पा,२७ कार्तिक । चुनावी अभियानको दौडानमा गहृजिल्ला पुगेका नेकपा माओवादी केन्द्रका नेता एंव पुर्वअर्थमन्त्री माथि गृहजिल्ला रोल्पामा लगातार आक्रमण भए । तर आक्रमणलाई छिचोल्दै पुन चुनावी अभियान लाइ तिव्रता दिदै सोमवार जनयुद्धको उदगमन थलो थवाङ पुगेका छन ।

शक्तिशाली माईन विस्फोट, पेस्तोलको गोली र ढुंगा प्रहारकाबीच चुनावी अभियानलाई तिव्र बनाईरहेका नेकपा ९माओवादी केन्द्र०का वरिष्ठ नेता एवम् वामगठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई जनयुद्धको केन्द्र थबाङ्गी जनताले भव्य स्वागत गरेका छन् । निर्वाचन प्रचार प्रसार तथा चुनावी सभालाई संबोधन गर्न सोमबार अपरान्ह थबाङ पुगेका अनन्तलगायतका निर्वाचन टोलीलाई गाजाबाजासहित भव्य स्वागत गरिएको हो ।

अनन्त रोल्पा क्षेत्र नं। २ का प्रदेशसभा सदस्य उम्मेदवार दिपेन्द्र पुन ‘सिजल’, माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार जयपुरी घर्ती, प्रदेशसभा सदस्य समानुपातिक उम्मेदवार हरिसरा घर्ती, एमालेकी प्रदेशसभा सदस्य उम्मेदवार ईश्वरी घर्ती, एमाले पोलिट्व्यूरो सदस्य एवम् जिल्ला निर्वाचन परिचालन समितिका संयोजक गोकुल घर्तीमगर, एमालेका जिल्ला अध्यक्ष हरि घर्तीमगरगायतको टोलीसहित सहिदमार्ग हुँदै थबाङ पुगेका हुन् ।

थबाङ पुगेका अनन्तलाई कम्युनिस्ट पार्टीका थबाङका संस्थापक नेता एवम् पूर्व सांसद बर्मान बुढामगरले भेटेर स्वागत गरेका छन् । बुढामगरले माओवादी केन्द्रका स्थानीय कार्यकर्ता ग्रिस पुनको घरमा पुगेर त्यहाँ बसेका अनन्तलगायत वाम गठबन्धनका नेताहरुलाई स्वागत गरेका हुन् ।

अनन्तले थबाङको ठूलो गाउँमा मध्यान्ह २ बजे सुरु हुने चुनावी सभालाई संबोधन गर्नेछन् । उनले आज थबाङमा कस्तो संबोधन गर्छन् भनेर धेरैले चासो दिएका छन् ।

निर्वाचन प्रचार प्रसारमा रहेका अनन्त लगायतका वाम गठबन्धनका उम्मेदवार र नेताहरुलाई लक्षित गरी नेकपाका कार्यकर्ताहरुले शनिबार भिताबाङमा विद्युतीय धराप विस्फोट गराएका थिए । आईतबार दुईखोली गाउँपालिकाको केउरीमा सडक माथिबाट ढुंगा पल्टाउनुका साथै पेस्तोलबाट गोली प्रहार गरेका थिए । तर, अनन्तलगायतका गठबन्धनका उम्मेदवार तथा नेताहरुले शनिबार दुईखोली गाउँपालिकाका राङ्सीमा र आईतबार दुईखोलीकै बागमारामा चुनावी सभा सम्पन्न गरेका छन् ।

थबाङलाई नेकपाले निर्वाचन प्रचार प्रसार निषेधित क्षेत्र घोषणा गरेको छ । थबाङमा वाम गठबन्धनको आज हुने चुनावी सभामा अनन्त लगायतका नेताहरुलाई रोक्न नेकपाले रोल्पा बन्दको आह्वान गरेको थियो । तर, नेकपाका सबै प्रकारका अवरोधहरु पन्छाउँदै अनन्तलगायत गठबन्धनका नेताहरु आज थबाङ पुगेर त्यहाँका बासिन्दाबाट भव्य स्वागत ग्रहण गरेका छन् ।

थबाङ पुगेका माओवादी केन्द्रका वरिष्ठ नेता एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार अनन्तले थबाङ्गी जनताको स्वागतले आफू अत्यन्त उत्साहित भएको बताए । ‘म आफ्ना मतदाताको घरदैलोमा मात्रै आईपुगेको छैन, जनयुद्धका आधारभूमी, हाम्रो आदर्श गाउँ थबाङ आईपुगेको छु’, अनन्तले भने, ‘आदरणीय थबाङबासी दिद बहिनी तथा दाजुभाईहरुले गर्नुभएको भव्य स्वागतले म लगायत हाम्रो टोली धेरै उत्साहित छ । सबै थबाङ्गी जनता निर्वाचनमा सहभागी भएर आफ्नो भोट हामीलाई दिनेमा हामी ढुक्क छौँ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्