नक्कली प्रहरी बनेर पैसा असुल गर्ने ३ जना पक्राउ



काठमाडौं । नक्कली प्रहरी बनेर पैसा असुल गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले माघ २६ गते कैलालीबाट पक्राउ गरेको हो ।

पक्राउपर्नेमा बझाङ्गको खप्तडछान्ना गाउँपालिका १ घर भइ कैलालीको धनगढी उपमहानगरपालिका ७ मनहेरा बस्ने वर्ष ३२ का सनम भण्डारी, धनगढी उपमहानगरपालीका ५ हसनपुर बस्ने वर्ष ३५ का गौरव हमाल र कन्चनपुरको पुनर्वास नगरापालिका ५ घर भइ धनगढी उपमहानगरपालिका १ बस्ने वर्ष ३३ का किशन सिजापती रहेका छन्।

गत माघ २ गते धनगढी उपमहानगरपालिका ३ का चन्द्रभान शर्माले मलीनचोकमा सञ्चालन गरेको रिक्सा, साइकल मर्मत पसलमा उनीहरुले भारतीय नम्बर प्लेटको मोटर साइकल चोरीको हो, हामी जिल्ला प्रहरी कार्यालयबाट आएका हौ, मोटर साइकल लैजान्छौ भनी धम्काइ ५ हजार रुपैयाँ मागेको र २ हजार ५ सय बुझाएपछि मोटरसाइकल छोडी गएको भन्दै परेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्