मोवाइल ह्याङ र चार्ज टिक्न नदिने १७ खराब एप यस्ता छन हेर्नुहोस



काठमाडौं – मोवाइलको व्याट्री नटिकेर तपाई पनि हैरान नै हुनुहुन्छ होला । नयाँ मोवाइल भए पनि व्याट्री नटिकेपछि कमसल सामान पो खरिद गरियो कि भन्ने दुविधा मनमा पर्छ ।

तर मोवाइलमा चार्ज नटिक्नुको एउटा मुख्य कारण आफ्नो मोवाइलमा भएका खराब एप पनि रहेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानकर्ताहरुले गुगल प्ले स्टोरमा १७ वटा खराब एप्स पत्ता लगाएका छन् । जसले फोनको ब्याट्रीलाई छिटो खत्तम गरिदिने उल्लेख छ ।

एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्तालाई एक पटक फेरि चेतावनी दिदै रोमानियाको एन्टी भाइरस सफ्टवेयर एन्ड सेक्योरिटी कम्पनी बिटडिफेन्डरको अनुसन्धानले त्यस्ता एप्स तत्कालै डिलिट गर्न समेत सुझाएको छ ।

यस्ता छन ब्याट्री टिक्न नदिने १७ खराब एपः-

  • कार रेसिङ
  • ४ के वालपेपर
  • ब्याकग्राउन्ड ४ के एचडी
  • क्युआर कोड रिडर एन्ड बारकोट स्क्यानर प्रो
  • फाइल म्यानेजर प्रो– म्यानेजर एसडि कार्ड
  • भिमोओ सिटीः स्पीड रेसिंग ३ डी
  • रकोट स्क्यानर
  • स्क्रीन स्ट्रिम मिररिंग
  • क्युआर कोड–स्क्यान एन्ड रीड बारकोड
  • पीरियड ट्रयाकर–साइकल ओव्युलेशन वीमन्स
  • क्युआर एन्ड बारकोड स्क्यान रिडर
  • वालपेपर ४ के, ब्याकग्राउन्ड एचडी
  • ट्रान्सफर डेटा स्मार्ट
  • एक्सप्लोरर फाइल म्यानेजर
  • टुडे वेदर राडार
  • मोवनेट आईओः बिग फिस फ्रेन्जी
  • क्लक एलइडी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्