मुख्य समाचार

नेपाल प्रहरीका ४ जना एआईजीमा बढुवा

By थाहा अनलाइन

November 14, 2017

सैघाली खबर काठमाडौं,२८ कार्तिक

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजीमा चार जना बढुवा भएका छन् । बढुवा सिफारिस समितिको निर्णयअनुसार गृह मन्त्रालयले चार जना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको सूची प्रकाशित गरेको हो ।

बढुवा हुनेहरुमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठ छन् । बढुवा सूचीको एक नम्बरमा परेका पालले कुल १ सय पूर्णांकमा ७५ दशमलव ३४४ अंक पाएका छन् । उनको दरबन्दी प्रहरी प्रधान कार्यालय नक्शालस्थित विशेष व्यूरोमा छ ।

यसैगरी पुडासैनीको दरबन्दी प्रहरी प्रधान कार्यालय कार्य विभागमा, नेपालको तालिम निर्देशनालयमा र श्रेष्ठको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा दरबन्दी छ ।