निर्वाचन आयोगमा आचारसंहिता उल्लङ्घनका उजुरीको चाङ



सैघाली खबर
काठमाडौं,२८ कार्तिक

निर्वाचन आयोगमा आचार संहिता उल्लङ्घनका उजुरीको चाङ लागेको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नजिकदै गर्दा मतदातालाई आआफ्नो पक्षमापार्न आचार संहिता विपतिकाकार्य गरेको भन्दै उम्मेदवार र दलविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो । निर्वाचन आयोगमा झण्डै २ हजारको सङख्यामा आचारसंहिता उल्लङ्घनकोउजुरी दर्ता भएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

उहाँले आयोगले ती उजुरीका विषयमा कारवाही प्रक्रिया अगाडी पठाएको बताउनुभयो । सबैभन्दा धेरै उम्मेदवारले गरेको खर्च, यातायातका साधान, पोष्टर टासेको, गर्न नहुने ठाउँमा कार्यक्रम गरेको जस्ता विषयमा परको छ । परेका उजुरीका पहिलो चरणको कारवाही प्रक्रिया अघि बढेको आयोगले जनाएको छ। निर्वाचन आयोगले निर्वाचनमा क्रममा हुने मानवअधिकार उल्लंघनका घटनाका विषयमा आज मानवअधिकार आयोगका पदाधिकारी सँग छलफल गर्दैछ । आयोगले गरिरहेको अनुगमनका आधारमा छलफल हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्