मुख्य समाचार

दशौँ दक्षिण एसिया सम्मेलन आज देखि

By थाहा अनलाइन

November 14, 2017

सैघाली खबर काठमाडौं,२८ कार्तिक

दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा बृहत् रुपमा छलफल गर्ने उद्देश्यले आजदेखि यहाँदशौँ दक्षिण एसिया सम्मेलनहुने भएको छ । वाणिज्य मन्त्रालय, राष्ट्रिय योजनाआयोग र साउथएसियावाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्ट (साउती)ले संयुक्त रुपमा आयोजना गर्ने सम्मेलनमा दक्षिण एसियाली मुलुकका २०० भन्दा बढीको सहभागिता हुनेछ ।

सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का वाणिज्य मन्त्री, योजनाविद् एवं अर्थशास्त्री तथा सार्कका पर्यवेक्षक राष्ट्रका विज्ञको सहभागिता रहने योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिनुभयो । तीन दिने सम्मेलनमा अन्तर क्षेत्रीय व्यापार सम्भावनाको खोजी, दिगो विकासका लक्ष्य, समावेशी विकास, मौसम परिवर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप जोखिम न्यूनीकरण जस्ता १८ विषयमा गहन छलफल हुनेछ ।