सैघाली खबर
काठमाडौं,२८ कार्तिक
नयाँ संविधान अनुसारको संघिय संसदको बैठक पनि यस अघिको संसद भवन नयाँ बानेश्वरमा नै बस्ने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले हालको अन्तराष्ट्रिय सम्मेलन केन्द्र अर्थात यस अघिको संसद भवनमा नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने तयारी सुरू गरेको हो ।
निर्वाचनहुने संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालन गर्नका लागि भवनआगामी पुस भित्रै तयार हुने संसद सचिवालयले जनाएको छ । आगामीमंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन एकै पटक हुँदैछ । संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
सचिवालयले सोहीअनुसार दुवै सदनका बैठक सञ्चालनको तयारी थालेको सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । सचिवालयले सम्मेलन केन्द्रकै नुप्से हलमा राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने योजना अघि सारेको प्रवक्ता गौतमले बताउनुभयो । राष्ट्रिय सभाको बैठकका लागि सिट, माइक र प्रविधि लगायत भौतिक संरचना पूरै जडान गर्नु पर्नेछ । दुवै सदनका प्रमुख बैठक बाहेक प्रतिनिधि सभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, अन्य पदाधिकारी, कार्यव्यवस्था परामर्श समिति र सरकारलाई आवश्यक पर्ने कक्षको समेत तयारी गरिने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।