सेन्चुरी बैंकद्वारा दाङको सेवारमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना



काठमाडौं । सेन्चुरी बैंकले दाङको घोराही उपमहानगरपालीका १३ स्थित सेवारमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले वडा कार्यालय परिसरमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बैंकले वडावासीलाई वित्तिय जानकारी दिनुका साथै बैंकले हालै सञ्चालनमा ल्याएको नयाँ वचत योजना “ सुन्चुरी वचत + खाता ” तथा यसका विषेशताका बारेमा जनाकारी दिएको थियो ।

कार्यक्रममा वडा कार्यालय १३ का अध्यक्ष तथा सचिवले आ आफ्नो धारणा राखेका थिए । नयाँ वचत योजना “ सुन्चुरी वचत + खाता ” सम्बन्धमा सर्वसाधारणको चासो तथा जिज्ञासाको समाधान शाखा प्रवन्धक अर्जुन शर्माले गरेको थिए ।

बैंकले बिगत २ वर्षदेखि दाङमा आफ्नो शाखा मार्फत विभिन्न किसिमका बैंकिङ सेवाहरु दिदैं आएको छ । आगामी दिनमा पनि विभिन्न किसिमका सेवाहरु प्रदान गर्न परिवार सधैव तत्पर रहने शाखा प्रवन्धक शर्माले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्