एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्स भिड्ने



सैघाली खबर
काठमाडौं,२८ कार्तिक

एएफसी एसियनकप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले आजफिलिपिन्सको सामनागर्ने भएको छ । सात दोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ । यस अघिगत चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्स सँग उसकै मैदानमा ४–१ गोलअन्तरले पराजितभएको थियो । त्यसपछिका तीन खेलमापनि पराजित भएको नेपाल छनोट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालले दोस्रो खेलमा यमन सँग बराबरी खेलेता पनि त्यस पछिका दुई खेल ताजी किस्तान सँग पराजित भएको थियो ।चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंक सहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजि किस्तान गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ भने एक अंक जोडेको नेपाल अन्तिम स्थानमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्