सैघाली खबर
काठमाडौं,२८ कार्तिक
चार पटक सम्म विश्वकप फुटवलको उपाधी हात पारेको इटाली सन् २०१८ को विश्वकप फुटवलमा सहभागी नहुने भएको छ । विश्वकप फुटवलको लागी गए राती भएको छनौट खेलमा स्वीडेन सँग गोलर हित बराबरीमा रोकिए पछि विश्वकपको यात्रा तय गर्न बाट इटाली चुेकेके हो । विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेन सँग गोल रहित बराबरीमा इलाटी रोकिएको हो । सन् १९३४, १९३८, १९८२ र २००६ को विश्व कप विजेता इटाली १९७० र १९९४ मा भने उपविजेता बनेको थियो । समग्रमा इटालीलाई १–० ले हराउँदै स्वीडेन १२ औं पल्ट विश्वकप फुटवलका लागी छानिएको छ

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।