बालविवाहको पीडामा बाँचेका आमाहरु



गिरिराज नेपाली
दाङ, २८ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा न.ं ३ की ६१ वर्षिय लिला कुमारी रोका १० वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिनुभयो । विहे भएको वर्षदिनमै ११ वर्षको उमेरमै आमा बन्नुभयो । आमा बन्नेको दिन देखी नै उहाँ पाठेघर दिर्घरोगी शिकार पनि बन्नुभयो । अहिले त्यही रोगी जीवनमै बाँचिरहनुभएको छ । उहाँले भन्नुभयो– ‘ उतिबेलाको अज्ञानताले अहिले पिरोले छ ।’ सानै उमेरको घरजमले अहिले पछुतोमा परेको उहाँले बताउनुभयो । एघार वर्षको उमेरमा पहिलो सन्तानको आमा बन्नुभएकी लिलाले ४० वर्ष सम्ममा ९ सन्तानको जन्मदिनुभयो । तर उहाँका ६ सन्तानको शिशुवस्थामा मृत्यु भएको बताउनुभयो ।

घरमै ९ भाईवहिनीको जन्मीए, पाठेघर खस्यो । झारभुक र धाँमीझाँक्रीमा गरेर बसे । अहिले रोगी जीवन बाँचिरहेको छु । उत्तिबेला गाउँघरमा स्वास्थ्यसंस्था, परिवार नियोजन सम्वन्धी शिक्षा र बालविवाह सम्वन्धी ज्ञान नहुदा यो अवस्था भोग्नु परेको उहाँले बताउनुभयो । जन्मिएका पनि मरे, ३ सन्तान पछिका हुन । उमेर पुगे पनि जन्मीएकाहरु हुन् ।
त्यस्तै सोही ठाँउकी ५५ वर्षिय खगेन्द्री पाठा मगरको पिडा पनि उस्तै छ । सानै उमेरमा घरजम गरी बच्चाबच्ची जन्मायौ । सुत्केरी अवस्थामा नऔषधी उपचारको बारे थाहा भयो । न सानै उमेरमा बिहे गरी बच्चा जन्माउनु हुदैन है भन्ने थाहा भयो । अहिले निकै पछुतोको रोगी दिन बिताउनु परेको छ ।

बालविवाहकै कारणमा हामीले अहिले यो जीवन विताई रहनु परेको उहाँले बताउनुभयो । न आफुले जानियो , न अरुले सिकाए न अस्पतालमा गई उपचार गर्नुपर्छ भन्ने थाहा भयो । पाठाले भन्नुभयो– ‘ उमेर बुढोभयो, अरुको रोग छदैछ । पाठेघरको समस्याले झनै पिरुलेको छ । ’ यताउता जाऔ भने जान दिदैन । बसौ भन्ने बस्न सकिदैन ।केही घरकाम गरौ भने गर्न सकिदैन । समाजको डरले भनौ वा लाजले कसैलाई यस्तो भयो भनेर भन्न सकिएन्न । बेलैमा भनेर बैलैमा उपचार गरेको भए यस्तो पछुतो नहुने उहाँले बताउनुयो । समाजको डरले पिडा लुकाई राख्दा पनि यस्तो भएको उहाँले बताउनुभयो ।

यि दुई आमा मात्रै होईन सोही ठाँउकी अर्की किशोरी आमाको वेथा पनि उस्तै छ । उमेर भर्खर १९ टेकेकी अनिता परियार अहिले २ सन्तानी आमा हुनुहुन्छ । १४ वर्षमा प्रेम विवाहमा वाँधिएकी परियार १७ वर्षकै उमेरमा १÷१ छोराछोरी लाई जन्मदिईसक्नु भएको थियो । अहिले पाठेघर रिङपेसरी राखेर २० वर्षमा जवानीमा उक्लीरहेको बताउनुभयो । पिडालाई घरपरिवार र समाजको डरले लुकाई राख्दा र सानै उमेरमा विवाह गरी आमा बन्दा अहिले रोगीको उदासिन दिन विताई रहनुपरेको छ । सानै उमेरको विवाह, स्वास्थ्य चेतनाको अभाव र परिवार र समाजको डर शंकोचले आफ्ना पिडा लुकाई बाँचेको आमाहरु प्रतिनिधि पात्र मात्रै हुन यि ।

अझै पनि स्वास्थ्य चेतनाको अभाव, सानै विवाह र सामाजिक डर क्रासका कारण कयौ आमाहरु आफ्ना समस्याले आफैलाई जोखिममा पारी वाँचिरहकै आरेक नेपाल दाङकी अध्यक्ष तुलसा गिरीले बताउनुभयो । समाज र परिवारले आफ्ना आमाहरुको पिडा र समस्या लाई खुलाउन नसक्दा आफ्ना आमाहरु नै पिडाको जीवन विताईरहनु परेको उहाँको भनाई छ । सामाजिक रुपमा वालविवाह निर्मुल र यौन स्वास्थ्य ज्ञान खुल्न नसक्दा समाज प्रजनन स्वास्थ्य समस्या सामाजिक अपराधका फैलदै गईरहेको उहाँले बताउनुभयो । गाउँमा स्वास्थ्यचौकीमा नहुदा आफुहरु अझै मर्कामा परेको उनीहरुले बताए । गाउँमा स्वास्थ्यचौकी नहुदा रोग लुकाई पालेर बस्नुपर्ने वाध्यता गाउँवासीको रहेको छ । अझै यौन तथा प्रजनन स्वास्थ्य समस्या झनै लुकाएर राख्ने उनीहरु बताए ।

किशोरी आमाहरु जोखिम

प्र्रजनन स्वास्थ्य समस्याको जोखिममा अधिकाश किशोरी आमाहरु पर्ने गरेको एक तथ्याङले देखाएको छ । ओरेक नेपाल र तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिका वडा न.ं ३ प्रतापकोट अम्वासमा आयोजना गरेको महिला प्रजनन स्वास्थ्य शिविरमा अधिकाश किशोरी आमाहरु नै प्रजनन स्वास्थ्य जोखिममा स्वास्थ्य परिक्षण तथ्याङले देखाएको छ । आरेक नेपालकी दिपा धितालका अनुसार स्वास्थ्य चेकजाँच गरेएमा एक सय ३४ महिलाहरु मध्ये ९० जना २० वर्षमुनिका आमाहरु फेला परेको धितालले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्