धादिङमा बस र स्कुटर दु’र्घटनामा नायिका महिमासहित २ जनाको मृ’त्यु



पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा बस र स्कुटर एक आपसमा ठ’क्कर खाँदा २ जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका वडा नम्बर १३ गीतानगरका २२ वर्षकी सर्मिला सिलवाल र २० वर्षकी नायिका महिमा सिलवाल रहेका छन् । भैरहवाबाट काठमाडाँैतर्फ आउदै गरेको लु २ ख १३५ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटर एक आपसमा ठ’क्कर खाँदा दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दु’र्घटनामा घा’ईते भएकी महिमा सिलवालको उपचारको क्रममा गजुरी प्राथामिक स्वास्थ्य केन्द्रमा मृ’त्यु भएको हो भने अर्का घा’इते सर्मिला सिलवालको काठमाडाँैस्थित ट्रमा सेन्टरमा मृ’त्यु भएको हो । स्कुटरलाई ठ’क्कर दिने बस चालक रामदी पिपलडाँडा गाउपालिक वडा नम्बर ६ पाल्पाका ४४ बर्षीय रणविर गौतम इलाका प्रहरी कार्यालय गजुरी धादिङको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्