गायक ढाकाराम पौडेलको मलेवा चरी गित सार्वजनिक



ओमप्रकाश गुप्ता । गायक ढाकाराम पौडेलको ‘मलेवा चरी’ गित विहिवार सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको संगीत सिर्जनामा रहेको गीत बजारमा आएको छ । गीतमा चर्चीत गायिका बिष्णु माझीको स्वर रहेको छ भने गायक ढाँकाराम पौडेलले स्वर दिएका छन् । “मलेवा चरी” को पुष्प खड्का र शिल्पा पोख्रेलले अभिनय गरेको यो गीतको म्युजिक भिडियो ढाँकाराम पौडेलको आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतको सबै पक्ष निकै उत्कृष्ट रहेको निर्माण यूनिटले जानकारी दिएको छ ।

गायक ढाँकाराम पौडेलको जन्म पर्वत जिल्लामा भएको हो । उनको बाल्यकाल पर्वतमै बितेको थियो सानै देखी गीत गाउन मन पराउने उनी गाउँघर र स्कुलहरुमा हुने बिभिन्न साँस्कृतीक कार्यक्रममा भाग लिने गर्थे । ‘माईक्रो चढेर ‘कहाँ जाने सुन्दरी चट्ट परेर ‘ ढाँकाराम पौडेलको यो पहिलो गीत हो जुन गीत उनले गायिका लक्ष्मी न्यौपाने संग गायका थिए । यो गीतबाट उनलाई त्यती सफलता भने मिल्न सकेन ।

‘गाँउ शहर देशै रोएछ..पुछिएछ दिदीको सिन्दुर आमाको काख रित्तो भएछ’यो उनको दोस्रो गीत हो, यो गीतलाई बजार ब्यबस्थापन गर्न भने उनलाई अत्यन्तै कठिन भएको थियो । यो गीत पछि पनि उनले करिब ३० भन्दा बढी गीत गाए तर खासै सफलता भने हात पर्न सकेन ,त्यसपछि आज भन्दा करिब दश बर्ष पहिलाको तिजमा उनको तीज गीत बजारमा आयो “ए बुढा म बिदेश जाने हो मलाई पासपोर्ट बनाईदेउ” यो गीतले उतिबेला अत्याधिक चर्चा पाएको थियो । त्यसपछि अहिले सम्म उनी लगातार तिजमा उत्कृष्ट गीतहरु बजारमा ल्याई रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्