बाग्लुङ्ग तमानमा चैत्राष्टिमी मेला १७ देखि २५ कार्यक्रममा ईन्द्रेणी टिमको धमाका




तमान युवा कल्ब तमानले विगतका वर्षमा झै यस वर्ष पनी चैत्राष्टिमी मेला २०७६ लाई यहि चैत्र १७ गते देखि २५ गते सम्म सञ्चालन गर्ने भएको छ ।

विगतका वर्षमा भन्दा केहि फरक तरिकाले सञ्चालन गर्न लागीएको यस चैत्राष्टिमी मेलामा तमानखोला गाउपालिका अध्यक्ष कप अन्र्तगत खुला पुरुष फुटबल प्रतियोगीता ,वडा स्तरिय पुरुष भलिवल प्रतियोगीता, खुला महिला भलिवल प्रतियोगीता , वडा स्तरीय ताराखेल प्रतियोगीता, माछा छोप्ने लगायतको प्रतियोगीताहरु संचालन गर्न लागीएको छ । उच्च राशिको पुरस्कारहरु रहेको बिभिन्न प्रतियोगीतामा धेरै भन्दा धेरै टिमको सहभागीता रहने अपेक्षा रहेको आयोजकको जनाएको छ ।

चैत्राष्टिमी मेलालाई मध्यनजर गर्दै यो पटक तमान युवा क्लबले चर्चित कार्यक्रम ईन्देणी टिमको बिशेष प्रस्तुति राख्ने भएको छ । कला संस्कृतिको संरक्षण र स्थानीय रमणीय ठाँउहरुको चर्चा गर्नको निमिक्त र सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बिभिन्न कार्यक्रम गर्दै गर्दा सुन्दर गाँउ तमान समेत एक पर्यटकीय ठाँउ हुन सक्ने भन्दै आयोजकले आफ्नो भेषभुषा र संस्कृतिको जर्गेना गर्नमा समेत यस किसिमको कार्यक्रमको ठुलो भुमिका रहेको आयोजकको भनाई छ । कार्यक्रम बारे तिब्र तयारी रहेको भन्दै सम्पुर्ण खेलप्रेमी दर्शक खेलाडी ,संघ संस्थालाई उपस्थिति नजाई दिन समेत आयोजकले आग्रह गरेका छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्