संसदिय व्यावस्थाले निमुखाको अधिकार सुनिश्चित गर्न सक्दैन्ः केसी



गिरिराज नेपाली
दाङ, २८ कार्र्तिक । राष्ट्रिय जनमोर्र्चाका अध्यक्ष एंव पुर्व उपप्रधानमन्त्री चित्र वहादुर केसीले संसदिय व्यावस्थाले निमुखाहरुको अधिकार सुनिश्चित गर्न नसक्ने बताउनुभएको छ । प्रगतीशिल पत्रकार संघ नेपाल दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष केसीले समाजवादको विकासले नै गरीव, महिला,किसान, दलित र जनजाती पिछडा वर्गहरुको अधिकार सुनिश्चित गर्न बताउनुभयो । संसदिय व्यावस्थाले लोकतन्त्र ÷ गणतन्त्रलाई कमजोर बनाएको भन्दै मुलुकमा समाजवादको विकास अपरिहार्य रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो– ‘समाजवादको विकासमा हामी पनि सहमत छौ । ’ तर समाजवाद संगै अघि सारिएको संघिता भने होईन ।


मुलुकले संघियता लाई थेक्न नसक्ने भन्दै संघियता नेपाल र नेपालीहरुको संघियता आवश्यक रहेको प्रष्ट्र पार्नुभयो । संघियता खारेजीका लागि राष्ट्रिय जनमोर्चा आसन्न निर्वाचनम सामेल हुन लागेको हो । संघियताले राष्ट्रिय स्वाधिनता, अर्थतन्त्र, भौगोलिक विखण्डता निम्त्याउने बताउनुभयो । संघियता वाह्यशक्तिको ‘ग्राण्ड डिजाईन’ हो । नेपाल लाई देश र विदेशी चलखेलहरु ‘क्याटोलिनिया’ वाटो डोहो¥याउन चाहेकाले निर्वाचन विरोधीहरु आन्तरिक र वाह्य पक्षवाट चलखेल चरिहेको उहाँले टिप्पणी गर्नुभयो ।

नेपाली जनताले मुलुकको स्थायित्व संगै समृद्धि चाहेकाले आसन्न निर्वाचनलाई सफल बनाउन निकै हौसिएको उहाँले बताउनुभयो । मुलुक संविधान कार्यन्वयनका चरणहरु पुरै गर्दै स्थानिय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न हुने क्रममा पुगेकाले नेपाली जनतामा उत्साहको जोस पैदा भएको उहाँको भनाई छ ।

वाम एकता समृद्धिको वाटो देखेको छ । सिद्धान्त र विचारका आधारमा वाम तालमेल र पार्टी एकता वारे कुनै टिकाटिप्पणी गर्नुपर्ने आवश्यक नरहेको भन्दै उहाँले भन्नुभयो– काँग्रेसले जनताको अधिकार देख्न रुचाँएको छैन । संविधान कार्यन्वयन र समाजवाद निर्माणका लागि हामी पनि सहमत छौ ।

प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष बलदेव विकको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण नारायण भण्डारीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्