मेलम्चीको काम ९४ प्रतिशत सम्पन्न, असार भित्रै काठमाडौंमा पानी झार्ने लक्ष्य




सरकारले आगामी असार महिनासम्म मेलम्चीको पानी काठमाडौं झार्ने घोषणा गरेको छ । मलेम्ची आयोजनाबारे बिहीबार स्वेतपत्र जारी गर्दै खानेपानी मन्त्री बिना मगरले चालू आर्थिक वर्ष २०७६र७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको शुरुङ परीक्षण गरी सञ्चालनमा ल्याइने घोषणा गरेकी हुन् ।

मन्त्री मगरले जारी गरेको स्वेतपत्रमा मलेम्ची आयोजनामा हाल सञ्चालनमा रहेकामध्ये ७ वटा कामहरु चालू आर्थिक वर्र्षिभत्रै सक्ने लक्ष्य लिइएको छ । स्वेतपत्रमा कफरड्याम निर्माण तथा वैलल्पिक पाइप डाइभर्सन सञ्चालन, १४ वटा गेट जडान, मुख्य शुरुङको फिनिसिङ गर्ने भनिएको छ । यस्तै, भेन्ट स्वाफ्ट जडान, अडिट शुरुङमा अनुगमन उपकरण जडान गर्ने, सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बाग्मती नदीसम्मको कार्य गर्ने र शुरुङको परीक्षण तथा सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

यस्तै, बाँकी रहने ८ वटा कार्यहरु आगामी आर्थिक वर्ष २०७७र७८ मा सक्ने लक्ष्य लिइएको छ । आगामी आर्थिक वर्षमा कफरड्याम निर्माण सँगै बाँधको निर्माण, इन्टेक तथा पुलको निर्माण, अडिट शुरुङको फिनिसिङ, हेडवक्र्समा अनुगमन उपकरण जडान, हाइड्रो–मेकानिकल जडान, हेडवक्र्सको परीक्षण र हेवक्र्ससहित शुरुङलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।

मुख्य शुरुङसहित मेलम्चीमा हेडवक्र्स निर्माणको ठेक्का पाएको इटालिएन कम्पनी सीएमसीले बीचमै ठेक्का तोडेपछि आयोजना निर्माणमा अन्यौलता बढेको थियो । तर, सरकारले गत असोजमा चीनको सिनो हाइड्रोसँग निर्माण सम्झौता गरी काम शुरु गरिएको थियो । सिनो हाइड्रोसँगको ठेक्का सम्झौतामा १ वर्ष्भित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएको थियो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनामा हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । उनका अनुसार आयोजनामा हालसम्म २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।