राष्ट्रियताको आन्दोलनमा सामेल हुन राजमोका अध्यक्ष आचार्यको आग्रह



ओमप्रकाश गुप्ता, 

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले राष्ट्रियताको आन्दोलनमा सामेल हुन अनुरोध गरेका छन् । जनमोर्चाको १ महिने संगठनात्मक अभियानको बिहीबार दाङको घोराहीमा उदघाटन अध्यक्ष आचार्यले सो अनुरोध गरेका हुन् । अध्यक्ष आचार्यले फागुन महिना भरी सम्पुर्ण नेता कार्यकर्ता जनताको घरदैलोमा पुगेर देशको अबस्थाको बारेमा बताउदै निराश बनेर होइन उत्साहित हुँदै गर्ने र राष्ट्रिय जनमोर्चाको सदस्यता बितरण गर्न अनुरोध पनि गरेका छन्।

घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य सुशील पोख्रेल अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य राम बहादुर घर्ती जातीय समता समाजका केन्द्रिय उपाध्यक्ष टीका बि क अखिल नेपाल कानुन ब्यबसाइ संघका केन्द्रिय उपाध्यक्ष नुमानन्द आचार्य अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का जिल्ला सदस्य भिमकान्त पन्थी अखिल नेपाल महिला संघ जिल्ला सदस्य बसन्ता भट्टराई अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघका जिल्ला सदस्य राम प्रसाद पोख्रेल अखिल छैठौं जिल्ला सचीव लक्ष्मण बिक लगायतले अभियान सफलताको सुभकामना मन्तव्य गरेका थिए ।

नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नगर सचिब मंगल घर्तीले गरेका थिए । कार्यक्रममा महिनाभरीको कार्यक्रमको कार्यतालिका जनजाति सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर घर्तीले प्रस्तुत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्