विप्लब नेतृत्वका बन्दी नेताहरुले बाजुरामा मनाए जनयुद्ध दिवश



बाजुरा । नेत्र बिक्रम चन्द विप्लबु नेतृत्वका बन्दी नेता तथा कार्यकर्ताहरुले बाजुरा कारागार भित्रै २५औं जनयुद्द दिबश मनाएका छन् । कार्यक्रमलाई प्रमुख अतिथि रहेका आदर्श लगायत अन्य अतिथिहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा चियापान कार्यक्रमका साथै भलिबल प्रतियोगिता पनि भएको थियो । नेकपाका केन्द्रिय नेता चुडामणि ओली आदर्श सहित १६ जना गौमुल गाउँपालिका ३ माझपालीबाट कार्तिक २२ गते गिरफ्तार भएका थिए । जसमा मध्ये ५ जना महिला र ११ जना पुरुष रहेका थिए । गिरफ्तार भएको ६७ दिनसम्म हिरासतमा राखेको थियो ।

कारागार भित्र मनाइएको जनयुद्द दिवसलाई डम्बर बहादुर सुनारले संचालन गरेका कार्यक्रमलाई मधुविलास रावतको सभापतित्व रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि चुडामणि वली ुआदर्शु रहेका थिए भने अतिथिमा बिर बहादुर तिरुवा रहेका थिए । धर्म राज सुनारले स्वागत मन्तब्य दिएका थिए ।

बन्दिहरुको आक्रोस

हिरासतमा रहदा भेटघाट तथा सुचना संचारमा प्रतिबन्ध लगाएर गिरफ्तार बन्दिहरुलाई शारीरिक तथा मानसिक यातना दिएको नेता आदर्शले बताए । महिला प्रहरी हुँदाहुँदै पुरुष प्रहरीले महिला बन्दिहरुलाई कुट्पिट गरेको र अन्य सबै बन्दिहरुलाई झुन्ड्याएर, करेन्ट लगाएर कुट्पिट गर्दै मानसिक यातना समेत दिएको ओलीले खुलासा गरे । गिरफ्तार १६ जना एक महिना सम्म दिशाबाट रगत पर्नेगरि यातना दिएको उनले आरोप लगाए ।

डिएसपी उद्दव सिङ भाटले स्वयम् आफै यातना दिएको ओलीले बताए, भाट अहिले सरुवा भएर टेकुमा रहेका छन् । खालि कागजमा जबर्जस्ति सहिछाप गराएर कृते कागज गराई मुद्दा दर्ता गराएको आरोप लगाए । बिग्रेको एउटा कट्टा र थ्री नट थ्री राइफलका ३ वटा गोली लगायत विस्फोटक पदार्थको कृते कागज गराई डिएसपी भाटले पिडितहरु माथि मुद्दा चलाएको भन्दै वलीले आक्रोस पोखेका थिए ।

कार्यक्रममा चुडामणि ओली लगायतका बक्ताहरुले यातना दिएको भनिएका डिएसपीलाई छानबिन गरि क्षेतिपूर्ति सहित आबस्यक कारबाही गराउन मानब अधिकारबादीहरु समक्ष हारगुहार गरेका छन् । साथै छानबिन आयोग गठनगरि सरकारले आबस्यक कारबाही गर्न मागगरेका छन् । डिएसपी जस्तो व्यक्तिले गुण्डागर्दी शैलीमा नेपाल सरकारको कानुन भन्दामाथि रहेर बन्दीमाथि हर्कत गर्न नहुने आक्रोस पोख्दै ओलीले प्रतिकार गरेका छन् ।

कारागारको क्षमता २५ जनाको रहेको तर ५२ जना थुनुवाहरुलाई संगै राखेकोले विभिन्न सरुवा रोगको समस्या झेली रहेको बन्दिले बताएका छन् । बाजुराको मार्तडीमा दिर्घकालिन स्वास्थ्य उपचार नहुने हुँदा बन्न्दिहरुले थप समस्या झेलिरहेको बताए ।

गणतन्त्र ल्याएको कुर्सीमा बसेर गरेको पदको दुरुपयोग गर्दै गुण्डागर्दी शैलीमा गलत गर्ने र कृते कागज गराई नेपाल सरकारको कानुनलाई समेत धज्जी उडाउने डिएसपी उद्दव सिङ भाटलाई हदैसम्म कारबाही नभए, न्यायका लागि जनता समक्ष जाने बक्ताहरुले प्रतिबदता जाहेर गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्