मुख्य समाचार

सरकार परिवर्तन भइरहँदा विकास निर्माण पूरा गर्न अफ्ठेरो ।।

By थाहा अनलाइन

June 02, 2017

जेष्ठ,१९

छिटोछिटो सरकार परिवर्तन हुँदा विकास, निर्माणका आयोजनाहरु पूरा गर्नमा अफ्ठेरो हुने विज्ञहरुले बताएका छन् । २०६४ सालमा औपचारिक रुपमा गणतन्त्र घोषणा भएयता ९ ओटा सरकार परिवर्तन भएका छन् ।

प्रत्येक वर्ष फेरिने सरकारका कारण विकास निर्माणका योजना तथा आयोजनाहरु पनि फेरिने भएकाले कुनै पनि विकासका आयोजनाले स्थिर रुपमा काम गर्न नसक्ने विज्ञहरुको भनाइ छ । अर्थविद रामेश्वर खनालले सरकार परिवर्तनसंगै कर्मचारीहरु पनि परिवर्तन हुने भएकाले विकास निर्माणका काम पनि प्रभावित हुने बताउनुभयो । बहुमत पुर्याउने गरि फेरिने सरकारमा संसदमा रहेका सानादेखि ठूला दलका नेताहरु सरकारमा सहभागी हुदा मन्त्रालय र योजना भागबण्डा गर्नुपर्ने हुन्छ यसले गर्दा झन् ठूलो अफ्टेरो पर्ने विश्लेषण विश्लेषक जैनेन्द्र जीवनको छ ।