भिभिअाईपीहरुका सवारी चालकहरुलाई ट्राफिक सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न



उत्तम कुमार थापा
सुदुरपश्चिम प्रदेशकाका भिभिअाईपीहरुका सरकारी सवारी चालकहरुलाई ट्राफिक सम्वन्धी अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेशमा रहेका भिभिअाईपी हरु सँग रहेका सवारी साधन चालकलाई ट्राफिक नियम सम्वन्धी सुदुरपश्चिम प्रदेश सभाकाे सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको सुदुरपश्चिम प्रदेशका सभामुख स्वकीय कवेन्द्र राेकायाले बताए ।

प्रदेश सभाकाे सभाहलमा सरकारी सवारीसाधन चालक लाई ट्राफिक सम्वन्धि प्रशिक्षण दिदै जिल्ला ट्राफिक कार्यालय कैलालीका प्र.नि. सराेज कुमार ठाकुराठी र प्रदेश सभा सचिवालय अन्तरर्गत मर्यादापालक ईकाईमा कार्यरत प्र. ना.नी नन्दराज जाेशीले सेकुरेटी सम्वन्धि जानकारी गराउनुभएकाे थियाे । कार्यक्रम ड्राइभरहरु लगाएत सम्वन्धित निकायहरुकाे सहभागीता रहेको सभामुख स्वकीय राेकायाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्