चुनाब आउदै गर्दा किन सुनिदैछन यस्ता घटनाहरु



,

सैघाली खबर,
भोजपुर २८ कात्तिक।

भोजपुर प्रदेशसभाका उम्मेद्वार समेत रहेका एमाले नेता शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको छ ।
गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै भएको बम प्रहारमा राईका अंगरक्षक डिल्ली देवकोटा घाइते भएका छन् ।
पूर्वसूचना तथा सञ्चारमन्त्री राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो ।
बम कसले हान्यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ । थप अनुसन्धान र आक्रमणकारीको खोजीकालागि प्रहरीले टोलि खटाएको बताएको छ ।
यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्